You are viewing the translated version of बजेट तथा कार्यक्रम कार्यान्वयन प्रगति समीक्षा गर्ने.

Rule 36
बजेट तथा कार्यक्रम कार्यान्वयन प्रगति समीक्षा गर्ने
(१) नियम ३५ बमोजिम त्रैमासिक प्रगति विबरण प्राप्त भएपछि केन्द्रीय निकायले त्यसको भौतिक र वित्तीय पक्षको कार्यालयगत र केन्द्रीय निकायगत समीक्षा गर्नेछ।
(२) उपनियम (१) बमोजिम सर्मीक्षा गर्दा प्रगति कम भएको देखिएमा सोको कारण पहिचान गरी सुधारको लागि चाल्नु पर्ने कदम समेत उल्लेख गर्नु पर्नेछ।
(३) केन्द्रीय निकायको सचिव वा प्रशासकीय प्रमुखले बजेट तथा कार्यक्रम अनुसार प्रगति भए वा नभएको मूल्याङ्कन गरी बाधा अड्काउ परेको भए सो फुकाई दिने र निर्देशन दिनु पर्ने भए सो समेत दिनु पर्नेछ।
(४) नियम ३५ बमोजिम प्रगति विवरण नपठाउने कार्यालय प्रमुखलाई लेखा उत्तरदायी अधिकृतले ऐन बमोजिम कारबाही गर्न सक्नेछ।
(५) अर्थ मन्त्रालयले कुल प्रगति विवरणको आधारमा वार्षिक बजेटको अर्धवार्षिक समीक्षा गरी प्रतिवेदन प्रकाशन गर्नेछ।